निर्वाचनमा एक्लै जान पनि तयार छौँः प्रचण्ड 

१४चैत, रोल्पा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड”ले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन्।

जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गर्न हेलिकप्टर चढेर लिबाङ आइपुगेका उनले यस्तो बताएका हुन्।

‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताएका छन्।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस