१४१ कोरोना संक्रमित थपिए

१६ चैत्र,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ५०, ललितपुरमा ७ र भक्तपुरमा थप १ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।

त्यस्तै सोही अवधिमा मुलुकका विभिन्न अस्पताल थप ८२ संक्रमित कोरोनामुक्त भएका छन् । योसहित हालसम्म दुई लाख ७२ हजार ६१२ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा नेपालमा कोरोनाका कारण कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार २७ संक्रमितको मृत्यु भएको छ । नेपाल हाल १ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस