
१९चैत्र,पोबाङ। सुनछहरी गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम देविमन्दिर माध्यमिक बिधालय सुनछहरी गाउँपालिका–५ पोबाङ रोल्पामा उद्घाटन गरिएको छ।
गाउँपालिका अध्यक्ष आशबहादुर पुनको सभाअध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन,गाउँ कार्यपालिका सदस्य सन्तु कामी,निर्मला पुन ,सेमकुमारी घर्ती वडा अध्यक्षहरु,आईएन एफ नेपालका कार्यक्रम संयोजक अर्जुन काप्री,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिमबहादुर बिष्ट ,नेपाल पत्रकार महासंघ रोल्पाका सहसचिव हर्क घर्ती गाउँपालिका भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, ,प्रधानाध्यापक लगाएतको आतिथ्यता रहेको थियो।
उद्घाटन कार्यक्रममा विद्यालयहरुको तर्फबाट जनता माध्यमिक विद्यालय गामका प्रधानाध्यापक बागबिर घर्तीमगर, नेकपा माओवादी केन्द्रको तर्फबाट झपेन्द्र घर्ती ,नेपाली काङ्ग्रेसको तर्फबाट रेगबहादुर पुन,नेकपा एमालेको तर्फबाट मनोज घर्ती, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन,गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगर,गाउँपालिका अध्यक्ष आशबहादुर पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा महिला–पुरुष भलिबल प्रतियोगिता, एथलेटिक्स अन्तर्गत ८सय मिटर छात्र÷छात्रा दौड प्रतियोगिता , रिले दौड प्रतियोगिता, हाइजाम्प, लङजम्प, त्रिपलजम्प ज्याभलिङ थ्रो, सटफुत लगायत आयोजना गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक नारायण गिरीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका भित्रका ८ वटा माध्यमिक बिधालयहरुले सहभागी जनाएका छन।