१८ चैत्र, रोल्पा । रोल्पाकाे लिबाङमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०७९ / ८० हुने भएको छ ।
‘कला संस्कृति र संस्कार हाम्रो पहिचान, कृषि, पर्यटन र उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रोल्पाले चैत्र ३० गतेदेखि वैशाख ९ गतेसम्म महाेत्सवको आयाेजना गर्न लागेको हो । महोत्सवको सह-आयोजकमा जिल्ला फुटबल संघ, र जिल्ला क्रिकेट संघ रहेका छन्।
स्थानीय उत्पादन र कृर्षि उपजलाई प्राथमिकतामा राख्दै कृषि, उद्योग, व्यापार, र पर्यटनसँग सम्बन्धीत कुल १ सय ३ वटा स्टल राखिने शनिबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएका छन् ।
महोत्सवमा ३५ लाख बढी खर्च हुने अनुमान गरीएको छ भने स्थानीय र बाह्य गरी ५० हजार बढी अवलोकनकर्ता सहभागी गराउने लक्ष्य राखिएको महोत्वस मूलआयोजक समितिका संयाेजक दिपिन थापाले बताए ।
प्रवेश शुल्क १ सय ताेकिएकाे छ। विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ भने जेष्ठनागरिक र अपांग व्यक्तिलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिने संयोजक थापाले बताए ।
महाेत्सव सफल पार्न ४५ सदस्यीय मूल आयोजक समिति, ६ वटा विभिन्न उपसमिति गठन गरी तयारी भइरहेको छ ।महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने आयोजकले जनाएको छ ।