३१ साउन, रोल्पा। अविरल वर्षाका कारण रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ।
गएराति गएको पहिरोले घर पुरिदा ७२ वर्षीया अम्मी गुरुङ आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिदा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले बताएका छन्
पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा प्रहरीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य अघि बढाएको सूचना अधिकारी श्रेष्ठले बताए।
रोल्पामा पछिल्लो पाँच दिनमा मात्र पहिरोमा परि १७ जनाले ज्यान गुमाइ सकेका छन् भने एक जना अझै बेपत्ता रहेका छन ।
प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार


