रारा तालमा पानीको सतह घट्यो

२०चैत, मुगु । नेपालको सुन्दर पर्यटकिय गन्तब्य स्थान र कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा यो बर्ष पानी सतह घटेको छ । बिगतका बर्षहरुमा अत्यधिक रुपमा हिमपात र आकासे पानी धेरै परेको र यो बर्ष हिउँदको समयमा हिमपात र आकासे पानी निकै कम परेको हुदा तालको छेउछाउमा रहेका ताल भिन्दा मार्थि बाट बगेर आउर्ने पानिका दर्जनै पानिका मुहान सुकेको जादा र जलवायू परिवतनका कारण असर परिवतनको कारण गर्त बर्ष भन्दा यो बर्ष रारा तालको सतहको पानि रेकर्ड अनुसार घटेको सरोकारवाला निकाय रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज संरक्षण अधिकृत बद्रिबिनोद दाहालले जानकारी दिए ।

समुन्द्र सतह देखी २९ सय मिटर उचाईमा रहेको समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारातालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर गहिराइ १६७ मिटर रहेको सुन्दार वरिपरी हरियाली बनजङ्गलले ढाकेको अग्ला हिमाल डाडाकाडाले सुगारिएकी दुलही जस्तै चाँदी जस्तै टल्कले कपास जस्तै फुलेको दिनमा तिन पटक संग फेरी रहने नेपालको ठूलो रारा तालमा पछिल्लो समयमा पानीको मुहान सुन्दै जाँदा तालका केही पानी घटेको हुनसक्ने उनको अनुमान रहेको छ ।

बच्चाकाल देखी नै धरै पटक रारामा घुम्न आईन्छ यो बर्ष बिगतका बर्षहरु भन्दा यो बर्ष रारा तालको सतहको पानी घटेको देखीन्छ । तालको किनारमा माथिबाट बगेर आउर्ने २०(२२ साना साना पानीका खोलाहरु पनि सुकेका छन । यो बर्ष हिउँ कम परेको कारण हुन सक्ने छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका स्थानीय युवा प्रकाश शाहीले बताए ।

रारामा एक सय एघार पटक रारा घुम्न आएको हुँ यो बर्ष रारा तालको पानि निकै घटेको छ । पछिल्लो समयमा जलवायू परिवतनको कारण हुन सक्छ । जथाभाबी सडक निमार्ण गर्दा खानेपानिको पाईप मुहान सुक्ने जथाभाबी बनजङ्गल फडानि गर्नाले आकाशबाट पानी कम पर्ने भएको हुदाँ यो बर्ष रारामा पानीको सतह घटेको देखीन्छ कनका सुन्दरी ५ जुम्लाका आन्तरिक पर्यटक महेन्द्र हमालले जानकारी दिए ।

८(१० पटक पहिलाको रारा तालको वरपरको सुन्दयतामा केही फरक देखीएको छ । तालमा पानिको सतह घटेको छ । केही पुर्वाधार निमार्ण भएका छन । फोहोर ब्यावस्थापनमा पनि सुधार आएको छ । तर रारा घुम्न आउर्ने आन्तरीक तथा बाहिय पर्यटकहरुले खानपिनको लागी ल्याएका केही सामानहरुबाट निस्कर्ने फोहोरलाई सहि ठाँउमा प्रयोग गरीयो भर्ने राराको सुन्दर्यलाई कायमै राख्न सकिर्ने कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका बाल रोग विशेषज्ञ डा। कमल प्रसाद थानीको भनाई छ ।

यो बर्ष राराकोर सतहमा पानी घटेको हुदा रारा तालमा राखीएको पानी मापनमा अधिकतम (निम्नतम) हुनु पर्नेमा १ भन्दा केही मार्थि रहेको छ । राराको पानी निकास हुने पश्चिम पट्टि रहेको निजार खोलाबाट थोरै मात्र पानी निकास भएको स्थानियहरुको गुनासो रहेको छ । खबर ट्वान्टिफोर नेपालबाट साभार

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस