२०चैत्र, रोल्पा । रोल्पा जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा कर्णबहादुर गिरी(आकाश) चयन भएका छन् ।
बार एसोसिएसनको ९ औं अधिवेशनबाट गिरी निर्विरोध निर्वाचित भएका हुन ।
बारको सचिवमा घनश्याम महरा चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा प्रेमप्रकाश हमाल, सदस्यहरुमा तुलसिराम जिसी, टेकमप्रसाद घर्ती, श्रीमनकुमार पोखरेल र महेश न्यौपाने चयन भएका छन्।
प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार


