
२४ चैत्र, बुटवल । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आजदेखि बुटलमा सुरु हुँदैछ । बुटवलस्थित आम्रपाली कटेजमा हुने सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्ने जानकारी दिएको छ ।
‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं ’ संघीयता खारेज गरौं, भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं ।’ भन्ने मूल नाराका साथ सुरु हुन गइरहेको सम्मेलनमा देशभरका ३५० जना भन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागी छन् ।
सम्मेलनले राजनीतिक प्रतिवेदन, विधान संशोधन लगायतका प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार