
२४चैत्र, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षको भिरबाट लडेर मृत्यु भएको छ ।
वडा अध्यक्ष कर्णबहादुर रोकामगरको हिजो भिरबाट लडेर मृत्यु भएको हो ।
हिजो बेलुकी सुनछहरीको सालमजाबाट हार्जङ घर फर्कने क्रममा मूलखोलाको भिरबाट खसेर अध्यक्ष रोकाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
उनी माओवादी केन्द्रका स्थानीय नेता समेत हुन् ।
प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार