
२८ चैत्र, काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेलको पुरै प्यानल विजयी भएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार महासंघको अध्यक्षमा विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् ।
पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।
महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरू गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन् ।
प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार