३ हप्ता शैक्षिक संस्था बन्द गर्ने सीसीएमसीको प्रस्ताव

सांकेतिक तस्विर

२८ चैत्र, काठमाडौँ । कोभिड संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी)ले तीन हप्ताको लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा युके भेरियन्टको कोरोना संक्रमण फैलिन सक्ने भन्दै सीसीएमसीले ३ हप्ताका लागि शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ठूला शहरी क्षेत्रमा नयाँ भेरिन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै अनलाइन माध्यमबाट कक्षा संचालन गर्न सीसीएमसीलाई प्रस्ताव गरेको थियो ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै संक्रमण बढी हुने स्थानका विद्यालय र कलेज ३ साता बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

सीसीएमसीले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन पनि अपिल गरेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस