प्यूठानमा एमालेको समानान्तर कमिटी गठन

२९ चैत, प्यूठान । नेकपा एमाले (माधव नेपाल) समूहले प्यूठानमा समानान्तर कमिटी गठन गरेको छ ।

शनिवार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो ।

समानान्तर जिल्ला कमिटीको उपाध्यक्ष कृष्ण रायमाझी र सचिव दिपेन्द्र के.सीं छन् । सचिवालय सदस्यहरुमा भगवती राजभण्डारी, आरपी राजभण्डारी, तिलबहादुर घर्ती, धर्मराज भण्डारी, सन्तोष वि.क., आर रिजाल, झविलाल राहुँमगर, झगबहादुर बुढामगर, गुमानराज पुलामी, हिमबहादुर के.सी. रहेका छन् ।

अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेपाल समूहका लुम्विनी प्रदेशका इन्चार्ज युवराज ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली नीति, विधान विपरीत गई स्वेच्छचारी प्रवृत्तिले अगाडि बढेको कारण कम्युनिष्टहरु कलंकित भएको बताए ।

भेलामा संविधानसभा सदस्य हिरा बहादुर के.सी. र धन बहादुर रायमाझी, प्रदेश कमिटी सदस्य शोभाराम भण्डारी लगायतका नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस