२९चैत्र,काठमाडाैँ । म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता पहिलो पटक मृत्युदण्डको सजाय सुनाइएको छ।
सैनिक सेनानीका सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। सैनिक स्वामित्वमा रहेको टेलिभिजनले शुक्रबार यो कुराको जानकारी दिएको थियो।
समाचारमा उल्लेख गरिए अनुसार २७ मार्चमा म्यानमारको सबैभन्दा ठूलो शहर रंगुनको उत्तरी ओक्कालापा जिल्लामा कप्तानका सहयोगीको हत्या भएको थियो। जिल्लामा मार्शल कानुनको घोषणा गरेर अदालतले त्यही कानुनअनुसार ती व्यक्तिलाई सजाय सुनाएको अधिकारीहरूले बताएका छन्।
गत १ फ्रेबुअरीमा सेनाले सत्ता हातमा लिएपछि प्रजातन्त्र पुनःस्थापनाको लागि म्यान्मालीहरुले दिनहुँ आन्दोलन र प्रदर्शन गर्दै आइरहेका छन्।
हाससम्म सेनाले ६ सयभन्दा बढि आन्दोलनकारीको ज्यान लिइसकेको छ। विएल नेपाली सेवा
प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार