हाेलेरीको हाट बजार सञ्चालनमा आएन

२९चैत्र, रोल्पा । होलेरीमा निर्माण गरिएको हाट बजार अहिले भत्किन थालेको छ । तत्कालिन जिल्ला विकास समिति र विभिन्न दातृ निकायको १५ लाख भन्दाबढी लागनीमा १० वर्ष पहिले निर्माण गरिएको हाट बजार सञ्चालनमा नआई भत्किन लागेको हो । हाट बजार सञ्चालन नहुँदा किसानहरु भने बिचौलियालाई आफ्नो कृषि उपज सस्तो भाउमा विक्री गर्न बाध्य भएका छन् ।

तत्कालिन जिल्ला विकास समिति र विभिन्न दातृ निकायको सहयोगमा २०६७ सालमा यो हाट बजार निर्माण भएको थियो । रुन्टीगढी गाउँपालिकाको केन्द्रमा रहेकोे हाट बजार निर्माण गर्दाको एकिन बजेटको तथ्यांक नभएपनि १५ लाख बढी खर्च भएको अनुमान छ । रुन्टीगढी गाउँपालिकामा मात्रै पाँच सय सय बढी व्यसायीक किसान रहेका छन् ।

यहाँ दैनिक २० देखि ३० क्वीन्टल तरकारीहरु उत्पादन हुन्छ । तर, हाट बजार सञ्चालन हुँन नसक्दा यहाँका किसानहरु बिचौलियाहरुलाई सस्तो मुल्यमा आफ्नो कृषि उपज बेच्न बाध्य भएका छन् । हाट बजार सञ्चालनका लागि बिचौीलयाहरु नै बाधक बनेको किसानको आरोप छ । २/४ जना व्यापारी छन् उनीहरुले नै वर्चस्व जमाएको स्थानीय किसान चेतलाल पुन बताउ छन्।

स्थानीय व्यापारीले हाट बजार लगाउन नदिने गरेको पुन बताउँछन् । स्थानीय तहमा जनप्रतिनिधि आएको ३ वर्षभन्दा बढी समयमा भएपनि हाट बजार सञ्चालनको बारेमा भने चासो देखाएकै छैनन् ।

गाउँपालिकाले नीती बनाएर आफैंले हाट बजार सञ्चालन गर्ने भन्दै आएको भएपनि अहिलेसम्म काम हुन सकेको छैन् । यसले पनि जनप्रतिनिधि किसानको समस्यामा अग्रसर छैनन् भन्ने कुरा प्रस्ट हुन्छ । गाउँपालिकाले भने कार्यविधि बनाएर हाट बजार सञ्चालनको कामलाई अगाडि बढाउने बताएको छ ।

कार्यापालिका बैठकबाट स्विकृति गारएर छिट्टै हाट बजार सञ्चालनमा ल्याउने रुन्टीगढी गाउँपालिको अध्यक्ष बालाराम बुढाको भनाई छ । यहाँका किसानले हाट बजार सञ्चालन गर्न गाउँपालिकामा पटक पटक आग्रह गर्दै आएको भएपनि गाउँपालिकाले अहिलेसम्म कुनै पनि प्रक्रिया अगाडि नबढाएको किसानको गुनासो रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस