ओलीले गरेको कारबाही अवैधः नेता रावल

फाइल फाेटाे

२९चैत्र, काठमाडौँ । नेकपा (एमाले)का निलम्बित नेता भीम रावलले केपी शर्मा ओलीले आफूलाई गरेको कारबाही अवैध भएको बताएका छन् ।

कैलालीको धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले अध्यक्ष ओलीले पार्टी विधानमै नभएको व्यवस्थालाई प्रयोग गरेर कारबाही गरेको बताएका हुन् ।

उनले एमालेलाई एक ढिक्का बनाउन देशभर संगठन विस्तार गरिने बताए । सुदूरपश्चिम लगायत देशभर एमालेका जनवर्गीय संगठनहरूको विस्तार गरिने उनको भनाइ छ ।दाबी गरे ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस