शैक्षिक संस्था बन्द नगर्न प्याब्सनको आग्रह

२९चैत्र,काठमाडौं । शैक्षिक संस्था बन्द नगर्न प्याब्सनले आग्रह गरेको छ । सरकारले कोरोना संक्रमणबाट विद्यार्थी बचाउन शैक्षिक संस्था बन्द गर्ने तयारी गरेपछि प्याब्सनले बन्द नगर्न आग्रह गरेको हो ।

निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने भएकाले शैक्षिक संस्था बन्द नगर्न आग्रह गरेको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका हुन्।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस