२८चैत्र, रोल्पा। रोल्पामा पशु चौपायामा लाग्ने खोरेत रोग उन्मूलन अभियान चलाइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले मंगबार लिबाङ समन्वय गोष्ठी आयोजना गरेर जिल्ला भरी अभियान चलाउने जानकारी दिएको हो ।
खोरेत रोग उन्मूलन अभियान लागि रोल्पाका १० वटै स्थानीय तहमा २७ जना पशु प्राविधिकहरु परिचालन गरीने विज्ञ केन्द्रले जानकारी दिएको छ ।
गोष्ठि कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सदस्य दिपेन्द्रकुमार पुनले किसानलाई केही वर्ष अघिसम्म पशुको उपचार गर्नु हुँदैन भन्ने धारणा भएपनि पछिल्लो समय पशु विरामी भए उपचार गर्नुपर्छ भन्ने धाराणको विकास भएको बताए । पशु चौपायलाई खोप दिनुका साथै किसानलाई उपचारका बारेमा चेनता दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लामा पशुपालनको राम्रो सम्भावना रहेकाले पशुलाई लाग्ने हरेक खालमा रोगविरुद्ध सचेतनाका कार्यक्रम जरुरी रहेको बताए छन् । स्थानीय तहसँग समन्वय गरी अभियान सञ्चालन गरे काम गर्न सहज हुने उनले बताए । घिमिरेले खोरेत रोग विरुद्धको खोप लगाउँदा किसानलाई क्षति नहुने गरी सोचेर मात्र खोप लगाउन आग्रह गरेका छन्।
रोल्पाका दशवटै स्थानीय तहका ३६ हजार ३ बढी पशु चौपायमा उक्त खोप लगाउने लक्ष्य रहेको विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. सुकईप्रसाद थारुले जानकारी दिएका छन् । कृषकको घरघरमै पुगेर गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुर, सुँगुर लगायतका पशु चौपायलाई खोरेत रोगविरुद्धको खोप दिईने उनले बताए ।
कार्यक्रमा विज्ञ केन्द्रका डा. प्रतिभा थापालेको खोरेत रोगका लक्ष्यण, रोकथाम र उपचार बारेमा कार्यत्रप प्रस्तुत गरेकी थिइन । कार्यपत्र प्रस्तुत गर्दै खोरेत रोग लाग्दा पशु चौपायामा ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिजा र जिब्रोमा स(साना फोका आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिनेजस्ता लक्षण देखा पर्ने उनले बताइन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यलय प्रमुख डा. सुकई प्रसाद थारु अध्यक्षतामा तथा नायव पशुसेवा अधिकृत मतिलाल कवरले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पशु अधिकृत गिरबहादुर घर्तीले गरेका थिए ।