फाइल फोटो
३० चैत, काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० मा पुष्पराम केसीलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।
नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार


