३ वैशाख, रोल्पा । थबाङ गाउँपालिका ३ नं वडा कार्यालयकाे आयाेजनामा तेस्राे वडा अध्यक्ष कप भलिबल प्रतियाेगिता एवं विविध खेलकुद प्रतियाेगिता बिहिवार देखी शुरु भएकाे छ ।

थबाङ गाउँपालिका ३ नं वडा अध्यक्ष भिम बहादुर राेकाकाे अध्यक्षतामा आयाेजना भएकाे वडा अध्यक्ष कप कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनकाे उद्घाटन गरेका हुन ।

प्रत्येक वर्ष आयाेजन हुदै आएकाे वडा अध्यक्षकप कार्यक्रम विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरसका कारण यस वर्ष ढिला संचालन भएकाे वडा अध्यक्ष भिम बहादुर राेकाले बताए ।वडा अध्यक्षकप उद्घाटन समाराेहकाे अवसरमा  जेष्ठ नागरिक, शहिद तथा वेपत्ता परिवार र अपाङ्गता भएका व्यक्तिहरुलाई वडाले सम्मान गरेकाे छ ।

तेस्राे वडा अध्यक्ष कप भलिबल प्रतियाेगिता एवं विविध खेलकुद प्रतियाेगिता कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल, पुरुष फुटबल , बिच पुरुष भलिबल, हाजिरी जबाफ, दाैड १६०० मिटर, दाैड १०० मिटर, मगर खाम कविता प्रतियाेगिता, एकल नृत्य र दाेहाेरी गित प्रतियाेगिता आयाेजना गरिएकाे आयाेजकले बताएकाे छ ।