याेजना तर्जुमाका लागि संचारकर्मीसँग अन्तरक्रिया

रोल्पा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जिल्लाका सरोकारवाला (संचारकर्मी)सँग अन्तरक्रिया कार्याक्रम सम्पन्न गरेको छ ।

रोल्पाका संचारकर्मीहरुसँग आगामी आर्थिक वर्षमा संचालन गरिने वार्षिक कार्यक्रमको योजना तर्जुमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र रोल्पाका प्रमुख डा.शंकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

जिल्लामा पशुपक्षी तथा मत्स्य विकासको क्षेत्रमा गर्न सकिने कार्यक्रमहरुको आवश्यकता, महत्व लगायतका विषयमा सुझाव संकलनका गर्ने उदेश्यले सरोकारवाला (संचारकर्मी)सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले बताए ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले सञ्चालन गरिरहेका कार्यक्रमहरुको प्रगति विवरण, आगामी आर्थिक वर्षका लागि पेश गरिने पशु सेवा कार्यक्रमहरुको योजना बारेमा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा शंकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघ रोल्पा पूर्व अध्यक्ष खेम बुढामगरले रोल्पाको पशुपालन अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । भने संचार क्षेत्रको आँखामा रोल्पाको पशुपालन क्षेत्र विषयमा पत्रकार महासंघ रोल्पा निवर्तमान अध्यक्ष महेश न्यौपाने कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमा बोल्दै जिल्ला समन्वय समिति रोल्पा प्रमुख सीता आचार्यले रोल्पामा पशुपालनको राम्रो सम्भवान रहेता पनि पशुपालन गर्ने किसानको संख्या घटनु दुःखद पक्ष भएको बताइन् ।

पशुपालन, कृषि, पर्यटन, कला, संस्कृति सबै क्षेत्रलाई आर्थिक पक्षसँग जोड्नुपर्ने नेपाल पत्रकारमहासंघ रोल्पा अध्यक्ष नविन लोचनमगरले बताए ।

सरोकारवाला सञ्चारकर्मीहरुबाट प्राप्त सुझावलाई आधार मानेर आगामी वर्षको लागि बजेट तथा कार्यक्रम माग गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका डा. प्रतिभा थापामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विज्ञ केन्द्र रोल्पाका सूचना अधिकारी गिरबहादुर घर्तीमगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस