स्वास्थ्य सुरक्षाका उपाय पालना गर्न राष्ट्रपतिको आह्वान

फाइल फाेटाे

४वैशाख,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेकी छन्।

राष्ट्रपति भण्डारीले ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन्।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस