ब्राउन सुगरसहित युवक पक्राउ

४वैशाख, काठमाडौँ । ब्राउन सुगरसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस