४वैशाख, रोल्पा । समयमै विद्युत महशुल भुक्तानी नगरेपछि नेपाल विद्युत प्राधिकरणले रोल्पा सिमेन्ट प्रा.लि.को बिजुलीको लाइन काटि दिएको छ ।
पटक-पटक ताकेता गर्दापनि २४ महिनादेखि विद्युत महशुल भुक्तानी नगरेपछि रोल्पा सिमेन्टको लाइन किटिदिएको हो ।
त्रिवेणी गाउँपालिको कोइलामा रहेको प्रा.लि.ले ८ करोड ४४ लाख बढी बक्यौता तिर्न बाँकी रहेको विद्युत प्राधिकरण रोल्पाका प्रमुख अशेश्वर साहले बताएका छन् ।