थापा गृहमन्त्रीमा पुनः नियुक्त

५ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका थापालाई प्रधानमन्त्री ओलीले पुनः नियुक्त गरेका हुन् ।

माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस