लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

फाइल फाेटाे

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रले दर्ता गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव परिएको छ ।

लुम्बिनी प्रदेशसभामा कूल ८७ सदस्य हुन्छन् तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका दुई सांसद निलम्बित भएकोले ८५ सदस्य कायम छन् । नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ । अविश्वासको प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ प्रदेशसभा सदस्य गरी ४१ जनाले हस्ताक्षर गरेका छन् ।

सबैभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । यीमध्ये नेकपा एमालेको माधव नेपाल समूहका कति सांसद छन् भन्ने प्रस्ट छैन ।

माधव नेपालका सांसदले ‘फ्लोर क्रस’ गरे पोखरेल पदमुक्त हुने सम्भावना उच्च छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस