
६ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण सरकारले देशका ४० स्थानीय तहका विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा पनि नरोकिने बताए ।
त्यस्तै चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षाहरु पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने उनले बताए ।
प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार