७वैशाख,रोल्पा। नेपाली काँग्रेस सुनिलस्मृतिले गाउँपालिका अध्यक्ष पदका लागि सात जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

अध्यक्ष पदका लागि सुनिलस्मृति–४ का बहालवाला वडा अध्यक्ष तथा काँग्रेस रोल्पाका सह—सचिव गन्जबहादुर क्षत्री, काँग्रेस रोल्पाका निर्वतमान सचिव शेरबहादुर महरा, काँग्रेस बालकृष्ण सुवेदी, टीजा विष्ट, बेगमबहादुर महरा, विष्णु सुवेदी र दामोदर सुवेदीलाई सिफारीस गरेको छ ।

उपाध्यक्षमा सुनिलस्मृति- ३ का बहालबाला महिला सदस्य तेजकुमारी विष्ट र काँग्रेस रोल्पाका जिल्ला कार्यसमिति सदस्य मिछाकुमारी रोकाको नाम सिफारिस गरिएको काँग्रेस सुनिलस्मृतिले जानकारी दिएको छ ।