७वैशाख, दाङ । जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेको छ ।

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सूचना जारी गर्दै प्रदेश तथा पालिका अन्र्तगतका सरकारी कार्यालयका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन कार्यालय समय अवधीमा मात्रै प्रयोग गर्न जारी सूचनामा उल्लेख गरिएको छ ।

सरकारी सवारी साधनमा जिल्ला बाहिर जानु परेमा प्रशासनबाट अनुमती लिनु पर्ने सूचनामा उल्लेख छ ।