‘गोर्खाली गाथा’ नामक पुस्तक विमोचन

८वैशाख, रोल्पा । पूर्व ब्रिटिस आर्मीका क्याप्टेन मानबहादुर बुढामगरद्वारा लिखित ‘‘गोर्खाली गाथा” नामक पुस्तककाे विचोचन गरिएको छ ।

बुधबार उपराष्टपति नन्दबहादुर पुनले एक कार्यक्रमका बीच पुस्तको  विमोचन गरेका हुन् ।

करिब ४ सय ५० पृष्ठको पुस्तकमा रोल्पालीको जीवनसँग जोडिएका जीवन कथा, गोर्खालीको पहिचान र लेखक बुढामगरको बाल्यकालदेखि हालसम्मको जीवनी समेटिएको छ ।

लामो समय ब्रिटिस आर्मीमा बिताएका बुढामगरको जीवन सङ्घर्ष र गोर्खालीले गरेका योगदान समेत पुस्तकमा समावेश गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस