
८वैशाख, रोल्पा । नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका–२ का अध्यक्ष जगबहादुर ओलीले पार्टीबाट राजीनाम दिएका छन् ।
विहिबार लिबाङमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी रोल्पा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षका दाबेदार थिए ।
पार्टीले योगदानको मूल्यांकन र जनमतको कदर नगरी व्यक्तिवादी र परिवारवाद लाड्दै गएकाले पार्टी परित्याग गरेका उनले बताए ।
तत्काल कुनै पार्टीको सदस्यता नलिने र स्वतन्त्र भई जनताको सेवा गर्ने उनले बताए ।
प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार