
९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजना महिलाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
वैशाख ७ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार