थवाङमा अखिल (छैठौं) को समिति गठन

१० बैशाख,रोल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले रोल्पाको थवाङ गाँउपालिकामा रहेको विर बलभद्र माविमा समिति गठन गरेको छ ।

अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सञ्चालन केन्द्रीय सदस्य सरोजमान सिंहले गरेका थिए ।

भेलाले निर्माण बुढाको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन तथा सदस्यता वितरण गरिएको छ ।समितिको उपाध्यक्षमा सान्त्वना झाक्री, सचिव सोनिया झाक्री, सहसचिव उपन्यास झाक्री र कोषाध्यक्ष अजय विक रहेका छन् ।

त्यस्तै, कक्षा ८ मा अजय विकको अध्यक्षतामा १९ सदस्यीय कक्षा समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा सिर्जना रोका, सचिवमा निर्माण बुढा, सहसचिवमा मन्दिप विक र कोषाध्यक्षमा मिलन ज्योतीलाई चयन गरेको छ ।

सदस्यहरूमा गजल विक, सिजल विक, समिर विक, रिमा रोका, सुसील बुढा, सदिच्छा रोका, सुवित्रा झाक्री, सुक्ष्मिता रोका, लालकिरण रोका, निसा झाक्री, सुवामति रोका, विज्ञान बुढा, निसम पुन असिम रोका र स्वविम्व नेपाली रहेका छन् ।

कक्षा ९ मा आयुष सेनको अध्यक्षतामा २१ सदस्यीय कक्षा समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्ष अविचन घर्ती, सचिवमा कुसल पुन, सहसचिवमा निर्मल झाक्री र कोषाध्यक्षमा अमिवा बुढा रहेका छन् ।

भने सदस्यहरूमा सान्त्वना जिएम, सोनिया झाक्री, रञ्जिला पुन, मिलन विक, मेलिना झाक्री, जयप्रकाश विक, रोहित वली, एलिना बुढा, सम्झना श्रेष्ठ, पवित्रा नेपाली, वास्ना विक, विफा विक, विश्वास रोका,त्रिचन्द्र बुढा, वसन्ती घर्ती र अविलाशा रहेका छन्।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस