रोल्पामा आगलागी हुँदा ३ घरगोठ जले नष्ट, एक जना घाइते

तस्विर: रोशन गिरी

११ वैशाख, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुंग्रीमा आगलागि हुँदा ३ घर, गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

खुंग्री स्थित महिला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा ३ घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरक्षक एवं प्रवक्ता रामनारायण गुप्ताले जानकारी दिए।

वनमा लागेका डढेलो बस्तीमा पस्दा स्थानीय डम्मी गिरी, मने कामी र रिद्धिबहादुर सिंहको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रवक्ता गुप्ताले बताए।

जंगलमा लागीरहेको आगो नियन्त्रणमा लिनको लागि गाउँले र सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको भएपनि आगो नियन्त्रण बाहिर रहेको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बताए ।

आगो खुंग्रीकोट, गोगपानी र हिलेका बस्तीमा पस्न सक्ने सम्भावना भएकाले उक्त क्षेत्रका स्थानीयतलाई सुरक्षित स्थानमा बस्नका आग्रह गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए ।आगलागीबाट भएको क्षति अध्ययन गरि राहत सामग्री पु¥याउने काम भई रहेको उनले बताए।

त्यस्तै त्रिवेणी गाउँपालिका ७ जंगडाँडा स्थित थुर्पातार सामुदायिक वनमा लागेका डढेलो निभाउने क्रममा एक जना घाइते भएका छन् । पिके कन्स्ट्रक्सनका सवारी चालक दाङ घोराहीका २२ वर्षिय कृष चौधारी घाइते भएको प्रहरी जनाएको छ ।

जंगलमा लागेको आगो निभाउने क्रममा माथिबाट खसेको ढुंगो लागि टाउकोमा चोट लागेको हो । घाइते चौधरीको तिला स्वास्थ्य चौकीमा उपचार भई रहेको प्रहरी प्रवक्ता गुप्ताले बताए ।

डढेलो नियन्त्रणमा लिनको लागि गाउँले र सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन् । आगो कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस