रोल्पाका ५ स्थानीय तहमा आज उम्मेदवारी नै परेन

११वैशाख, रोल्पा । दश स्थानीय तह रहेको रोल्पामा उम्मेदवारी दर्ताको पहिलो दिन ५ स्थानीय तहमा कुनै पनि उम्मेदवारी परेको छैन । भने ५ स्थानीय तहमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको मात्र उम्मेदवारी परेको छ ।

रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा एमालेले मात्र उम्मेदवार दर्ता गरेको छ । रुन्टीगढी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र उम्मेदवार दर्ता गरेको छ ।

रोल्पा नगरपालिकामा  एक जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ताता गराएका छन् ।  भने थबाङ गाउँपालिकामा अध्यक्षका लागि स्वतन्त्र एक जनाले उम्मेदवारी दर्ताता गराएको निर्वाचन कार्यालय रोल्पाले जनाकारी दिएको छ । त्यस्तै लुंग्री गाउँपालिकाको २ नम्बर वडामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

माडी, परिवर्तन, सुनिलस्मृति, त्रिवेणी, सुन्छहरी गाउँपालिकामा कुनै पनि उम्मेदवारी परेको छैन । राजनीतिक दलहरुले समयमै उम्मेदवार टुंग्याउन नसक्दा आज उम्मेदवार दर्ता गराउन नसकेको राजनीतिक दलहरुले बताएका छन् । रोल्पामा भाेलि ( साेमबार ) मात्र उम्मेदवार दर्ता गर्ने राजनीतिक दलहरुले बताएका छन् ।

रोल्पामा माओवादी केन्द्र, काँग्रेस, एमालेले आज मात्र उम्मेदवार टुंग्याएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस