रोल्पाका दश वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

११ वैशाख, रोल्पा । रोल्पाको १० वटै स्थानीय तहमा नेकपा (एमाले) उमेदवारको टुंगाएको छ । एमालेले गंगादेव गाउँपालिकाको अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मला कुमारी वलीलाई पार्टीले यस अघिनै उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गंगादेवमा एमालेले उम्मेदवार दर्ता सम्मेत गरेको छ । एमालेले रोल्पा नगरपालिकाको मेयरमा घनश्याम आचार्य उममेयरमा कृष्णीकुमारी गौतम उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै रुन्टीगढी गाउँपालिको अध्यक्षमा पुनः बालाराम बुढामगर र उपाध्यक्षमा हस्तमाली बठामगर, सुनिलस्मृतीमा अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेन, सुनछहरीमा अध्यक्षमा जयप्रकाश बुढामगर, उपाध्यक्षमा पूर्माला खत्री, लुंग्रीमा अध्यक्षमा वीरबहादुर खड्का र उपाध्यक्षमा जुनकुमारी बस्नेत, थबाङमा अध्यक्षमा रविन्द्र रोकामगर र उपाध्यक्षमा शान्ति घर्तीमगर, परिवर्तनमा अध्यक्षमा गंगाराम बुढामगर र उपाध्यक्षमा सपना रोकामगर, माडीमा अध्यक्षमा विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृता घर्तीमगर, त्रिवेणीमा अध्यक्षमा कर्ण बाँठामगर र उपाध्यक्षमा जानकी बुढामगरलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस