खुंग्रीका अग्नि पीडितलाई राहत हस्तान्तरण

१२वैशाख, रोल्पा । सुनिलस्मृति गाउँपालिकाले अग्ली पीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुंग्री स्थित महिला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा बुधबार ३ घरगोठ जलेर नष्ट भएको थियो । गाउँपालिका उक्त अग्नी पीडित परिवारलाई राहत सामाग्री उपलब्ध गराएको जनाएको छ ।

खुंग्रीको तिमिले स्थित सामुदायिक वनमा गत वैशाख १० गतेदेखि लागेको डढेलो बस्ती बस्दा तिमिलेका स्थानीय डम्मी गिरीˏ मने कामी र रिद्धि बहादुर सिंहको बासस्थान जलेको थियो ।

आगालागीबाट घर जलेर क्षति भएका परिवारलाई तत्काल गुजारा चलाउनका लागि राहत सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले बताए। अग्नी पीडित प्रति परिवारलाई ५० केजी चामलˏ २ केजी नुनˏ २ लिटर तेलˏ ५ केजी दाल र १र१ वटा त्रिपल उपलब्ध गराएको अध्यक्ष बुढाथोकीले बताएका छन् ।

राहत सामाग्री हस्तान्तरणमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीˏ उपाध्यक्ष मिना थापाˏ प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईˏ वडा नम्बर २ का वडा अध्यक्ष नेत्र गिरीˏ कार्यपालिका सदस्य तुलसी सुनार लगायतको सहभागितामा राहत सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस