११ बजे उच्च स्तरीय समन्वय समितिको बैठक बस्दै

काठमाडौँ । काेराेनाा भाइरसका कारण चैत ११ गतेबाट जारी लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा सरकारले शनिबार निर्णय गर्ने भएको छ । त्यसका लागि शनिबार बिहान ११ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिदैछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकको निर्णयका आधारमा लकडाउनको स्वरुप परिवर्तन गर्ने वा अहिलेकै अवस्थालाई निरन्तरता दिने भन्ने निक्र्योल गरिने समितिका सदस्य समेत रहेका एक मन्त्रीले जानकारी दिए ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेल नेतृत्वको सो समितिलाई लकडाउनबारे छलफल गर्न जिम्मा दिएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस