लिबाङमा नेतृत्व विकास तालिम सुरु

१४वैशाख, रोल्पा । लिबाङमा आधारभूत नेतृत्व विकास तालिम सुरु भएको छ । सबै प्रकारका अपांगता भएका व्यक्तिहरुका लागि आजबाट सुरु भएको हो ।

रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला समन्वय समिति रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियार, नेकपा एमालेका प्रतिनिधि नेपवहादुर वली,नेपाली काङ्ग्रेसका प्रतिनिधि कबिता उपाध्याय, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मानसिह विक, समाजसेवि एवम राजनितिज्ञ कृष्णवहादुर घर्तिमगर,नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डिवि घर्ती, श्रोत शिक्षक द्रोण आचार्य र तालिम प्रशिक्षक टिकाराम पौडेलको आतिथ्यता रहेको थियो ।

रोल्पा नेत्रहिन संघका अध्यक्ष चित्रवहादुर डाँगी अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन शिशिर डाँगी गरेका थिए भने स्वागत मन्तव्य धना घर्तीमगरले गरेकी हुन् ।

नेत्रहिन संघ रोल्पाको आयोजना र सामाजिक विकास डिभिजन कार्यालय प्युठानको सहयोगमा भएको तालिम ३ दिासम्म चल्ने आयोजकले जनाएका छन । तालिममा विभिन्न प्रकारका २५ जना अपांगहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस