जेठदेखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

१४वैशाख, काठमाडौँ । सरकारले जेठ १ गते शनिबार र आइतबार बिदा दिने भएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको यो निर्णयका बारेमा जानकारी गराएका हुन् ।

“हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,” निर्णयमा भनिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस