रोल्पा नगरपालिकाले गर्‍यो लोक सेवा तथा शिक्षक सेवाको तयारी कक्षा सञ्चालन

१४वैशाख, रोल्पा । रोल्पाको रोल्पा नगरपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । नगरपालिकाले नायव सुब्बा, खरिदार तथा शिक्षक सेवाका लागि कक्षा सञ्चालन गरेको हो ।

लोकसेवा तथा शिक्षक सेवा अध्ययन गरिरहेका विद्यार्थीलाई थप सजिलो गराउन र उत्साह प्रदान गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरकै दक्ष जनशक्ति भए विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा सहित लोक सेवा तथा शिक्षक सेवाको कक्षा सञ्चालन गरिएको रोल्पा नगरपाकिलाका मेयर सुरेन्द्र थापा घर्तीले बताए ।

नगरपालिकाले ९० जना विद्यार्थी लागि लोक सेवा तथा शिक्षक सेवाको निशुल्क कक्षा सञ्चालन गरेको हो  ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस