१७ वैशाख, काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
बुधबार मात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।