१६ वैशाख, होलेरी । थबाङ गाउँपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा एमाले, काँग्रेस, स्वतन्त्रका उम्मेदवारहरु रहेका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा अध्यक्षमा उम्मेदवारी दिएका एमालेबाट नकस घर्ती, कांग्रेसबाट रमेश रोकामगर र स्वतन्त्रबाट अमित घर्ती, अजय घर्ती र महेश बुढामगरले मनोनयन फिर्ता लिएका हुन्

त्यस्तै गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएका एमालेबाट शान्ति घर्तीमगर र कांग्रेसबाट धनकुमारी रोका रहेका छन् ।

एमालेबाट वडा नम्बर १ का वडा अध्यक्ष उम्मेदवार दिपेन्द्र कामी, स्वतन्त्रबाट वडा नम्बर ३ का महिला सदस्य उम्मेदवार जमानसरी पुनगमर, वडा नम्बर ५ बाट स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवार दिएका डुकमान रोकामगर, सदस्य पदमा उम्मेदवार दिएका कांग्रेसबाट, पदम पुन, स्वतन्त्रबाट सदस्य पदमा उम्मेदवार दिएका नकस घर्ती, सिर घर्तीमगर रहेका छन् । त्यसैगरी सोही वडाबाट दलित महिलामा स्वतन्त्र उम्मेदवारी दिएकी समिक्षा विकले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।

उनीहरुले निर्वाचन अधिकृतको कार्यालय पुगेर आ—आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत हेमराज तिमिल्सेनाले जानकारी दिएका छन् ।