भरतपुर अस्पतालमा दुई संक्रमितको मृत्यु

१७वैशाख, काठमाडौँ । भरतपुर अस्पतालमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन्।

अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई वैशाख १२ गते अस्पताल भर्ना भएका थिए।

उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ।

बाटोमा हिँड्दा लडी घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस