गायक प्रकाश सपूतलाई कोरोना संक्रमण

फाइल फाेटाे

१७वैशाख,काठमडौँ । चर्चित गायक प्रकाश सपूतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीवार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको गायक सपूतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

उनले काठमाडौँ मेडिकल कलेजमा कोरोना परिक्षण गराएका थिए।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस