नेपाल-भारतका २२ नाका बन्द गरिने

१७वैशाख,काठमाडौं। कोरोना संक्रमण रोकथामका लागि सरकारले नेपाल–भारतका २२ वटा नाका बन्द गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका २२ वटा नाका बन्द गर्ने निर्णय गरेको हो।

अब काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ।

खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइने बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस