
फाइल फाेटाे
१७वैशाख,प्युठान। प्युठानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ७ दिनसम्म लकडाउन हुने भएको छ ।
शुक्रबार बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले वैशाख १८ गते बिहान ६ बजेदेखि वैशाख २४ गते शुक्रबार राति १२बजेसम्म लकडाउन गर्ने निर्णय भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् ।
लकडाउनमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ।
अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ। बैठकले फलफूल ,तरकारी दूध, इन्धन र मासु पसल, खाद्यान्नको सवारी भने संचालन गर्न पाउने निर्णय गरेको छ।
प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार