१७वैशाख,रोल्पा। रोल्पाको गंगादेव गाउँपालिकामा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भने ९ जना घाइते भएको छन् ।
तुल्सीपुरबाट गंगादेव–६ ताप्ला तर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप जीप गंगादेव–२ हेलुमखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ओरालोमा ब्रेक फेल भई जीप सडकबाट ३ सय मिटर तल खसि दुर्घटना हुँदा गंगादेव गाउँपालिका–२ ओईलामका १५ वर्षीय तिलक वलीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनामा परी चालकसहित ९ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारमा पठाउने काम भएको प्रहरीले जनाएको छ ।