बाँके र रुपन्देहीमा पनि भेटिए कोरोना संक्रमित

१९ वैशाख, काठमाडौं । बाँके र रुपन्देहीमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेका ६० वर्षीय र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ । याे सँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस