
१८ वैशाख, काठमाडौँ । कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार