
१८वैशाख,बुटवल। बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नवलपरासी रामग्राम १० की ४५ वर्षीया महिला र रूपन्देही शुद्धोधन गाउँपालिकाका ५५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
रामग्रामकी महिलाको बिहान ४ बजे मृत्यु भएको हो भने शुद्धोधनका पुरुषको बिहान पौने ६ बजे मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार